एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार अफगानिस्तानको स्थितिबारे जी -२० सम्मेलनमा भर्चुअल माध्यमबाट भाग लिएका छन् ।
उनले अफगानिस्तानलाई आतंकवादको स्रोत बन्नबाट रोक्न आग्रह गरे।
प्रधानमन्त्रीले एक ट्वीटमा लेखे, 'अफगानिस्तानमा जी -२० शिखर सम्मेलनमा भाग लिए। अफगानिस्तान क्षेत्रलाई कट्टरपन्थीकरण र आतंकवादको स्रोत बन्नबाट रोक्न जोड दिईयो।'
प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा भन्यो , 'अफगानिस्तानको स्थितिबारे प्रधानमन्त्रीले जी -२० बैठकको आयोजनालाई स्वागत गरे।
प्रधानमन्त्री मोदीले विगत दुई दशकमा अफगानिस्तानको आर्थिक र सामाजिक विकासमा भारतको योगदानको उल्लेख गरे ।
उनले भारतले अफगानिस्तानमा ५०० विकास परियोजनाहरुमा सहयोग गरेको वताए ।
उनले अफगानिस्तानमा मानवीय सहायताका लागि विश्वका देशहरु एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिए।
https://twitter.com/narendramodi/status/1447922249114300429?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1447922249114300429%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Flive%2Findia-58880037