Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु

अछाम । पञ्चदेवल बिनायक नगरपालिका–१मा जन्ती गएर फर्किएको बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षका सर्प बोहरा, १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आइतबार राति जन्ती गएर फर्किएको बोलेरो जीप विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको हो।

प्रहरीका अनुसार से १ च १७६३ नम्बरकोबोलेरो दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते भएका छन्। घाइते १४ जनामध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ ।

जिल्ला अस्पताल अछामका अनुसार अस्पताल ल्याइएका १३ जना घाइतेमध्ये १ जनाको उपचारका क्रममा मृत्यु भएको र बाँकीको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077