Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किसान हत्या आरोपमा भारतमा गृह राज्यमन्त्रीका छोरा पक्राउ

एजेन्सी । भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसामा मिश्रा मुख्य आरोपित देखिएपछि प्रहरीले पक्राउ गरेको हो । सो क्षेत्रमा किसानहरुले गरेको विरोध प्रदर्शनका क्रममा उनले आफ्नो गाडीले किचेर ४ जनाको हत्या गरेको प्रहरीको दाबी छ । सो क्रममा ८ जनाको मृत्यु भएको थियो ।

भारतीय संचार माध्यमका अनुसार मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिई १२ घण्टासम्म सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा उनी दोषी ठहर भएका हुन् ।

उनीविरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा गत वर्षदेखि नै आन्दोलन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077