Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अपहरणमा परेको १० घण्टाभित्रै बालकको सकुशल उद्धार, भारतीय नागरिक पक्राउ

सुनसरी । प्रहरीले अपहरणमा परेको १० घन्टाभित्रै एक बालककको सकुशल उद्धार गरेको छ।सुनसरीको कोसी गाउँपालिका–७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर–६ बाट बालकको सकुशल उद्धार गरिएको हो।

बिहीबार दिउँसो ३ बजे भारतको बैरयाकमाल बस्ने मकुम मियाँले मोटरसाइकलमा लगरे बालकको अपशरण गरेका थिए। बालकलाई घरदेखि ३५ किलोमिटर पूर्व दक्षिणमा लगेर राखेको अवस्थामा फेला पारिएको हो। बालकलाई अपहरण गर्ने मियाँले कुटपिटसमेत गरेको बताइएको हो।

घटनामा भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मिँयासमेत संलग्नता रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ। मुकुम मियाँ नेपालबाट भारत कामदार पठाउने ठेकेदारसमेत रहेका थिए।

उनले कोसी गाउँपालिका–७ का १५/२० जना स्थानीयलाई काम लगाइदिन्छु भन्दै सोही स्थानका भुल्टन सदालगायत पाँचजनाबाट प्रतिव्यक्ति दुई लाखका दरले रकम समेत उठाएका थिए।

स्थानीयले बालक अपहरण गर्ने मकुम मियाँमाथि शंका गरेपछि उनीहरूले भारत नजाने बताएका थिए। त्यसैको रिस फेर्न भुल्टनकै गाउँको बालकलाई अपहरण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077