Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्।

बिहीबार राजधानीमा टिभी पंचली ऐटकेको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आज साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्।

आज साँझसम्म शपथग्रहण भएर मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’ प्रचण्डले भने, माओवादीबाट सरकारमा महिलाहरुको सहभागिता ५० प्रतिशत हुन्छ'

माओवादी केन्द्रले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको थियो । माओवादीले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो ।

सरकारमा पहिलेदेखि नै माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077