Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसतिर पुग्यो

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट नेपालगन्ज उड्न लागेको श्री एयरलाइन्सको एउटा जहाज रनवेतिर जाँदा चिप्लिएर घाँसतिर पुगेको छ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार मंगलबार बिहान काठमाडौँबाट नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो ।

‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’

यसबारे जहाजको परीक्षण भइरहेको स्रोतले जानकारी दिएको छ । यद्यपि जहाजमा भएका सबै यात्रुहरु सकुसल रहेको विमानस्थल स्रोतको भनाइ छ। तर, कति यात्रु थिए भन्ने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077