Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बालुवाटारमा सर्वदलीय बैठक: एमालेले गर्‍याे बहिष्कार, को-को सहभागी भए ?

    बालुवाटारमा सर्वदलीय बैठक: एमालेले गर्‍याे बहिष्कार, को-को सहभागी भए ?

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक बहिस्कार गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेका लागि आह्वान गरिएको बैठक एमालेले बहिस्कार गरेको हो । प्रधानमन्त्री देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित भएका छन्।



    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, काननुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल सहभागी छन्।



    त्यस्तै जनता समाजवादी पार्टी(जसपा) नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल सहभागी छन्।

    बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

    एमालेले वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा आफ्नो असमति रहेकोले बैठक बहिष्कार गर्ने निर्णय गरेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार