Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक गएका छन्।

उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन्। नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन्। पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ।

नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन्। पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए। जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077