Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी नेता वर्षमानको स्वास्थ्यमा गम्भीर समस्या, उपचारका लागि थाइल्याण्ड लगिँदै

काठमाडौँ । स्वास्थ्यमा गम्भीर समस्या देखिपछि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ ।

लामो समयदेखि जन्डिस रोगबाट ग्रसित रहेका नेता पुनलाई बुधबार बैंकक लैजान लागिएको पारिवारिक स्रोतले जनाएको छ।

दुई दिन अघिदेखि सुमेरु अस्पतालमा उपरचाररत पुनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाएको पारिवारिक स्रोतले बतायो। उनको यसअघि २०७२मा पनि बैंककमा उपचार गरिएको थियो। पछिल्लो समय उनमा जन्डिस निकै बढेको उनीहरुको भनाइ छ।

बैंकक उड्नुअघि नेता पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077