Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यार्थी संगठनलाई लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा उठाउन नारायणकाजीको निर्देशन

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विद्यार्थी संगठनलाई लिपुलेक, कालापानी र लिम्पियाधुराको मुद्दा उठाउन निर्देशन दिएका छन्।

अखिल(क्रान्तिकारी)को बागमती प्रदेशस्तरीय भेलालाई सोमबार भक्तपुरमा सम्बोधन गर्दै श्रेष्ठले नेता श्रेष्ठले राष्ट्रियताको मुद्दा उठाउनु विद्यार्थी संगठनको कर्तव्य भएको समेत बताए ।

शैक्षिक र राजनीतिका अलवा राष्ट्रियताको मुद्दा पनि विद्यार्थी संगठनको महत्वपूर्ण मुद्दा भएको श्रेष्ठको तर्क थियो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता  श्रेष्ठले लिपुलेक लिम्पियाधुरा र कालापानीको समस्या उठाउनु विद्यार्थी संगठनहरूको कर्तव्य मात्र नभइ दायित्व रहेको पनि जिकिर गरे ।

नेता श्रेष्ठले केपी ओलीको भ्रष्टीकरणले एमालेसँग सम्बन्ध विच्छेद गर्नुपरेको पनि उल्लेख गरे  ।

कार्यक्रममा माओवादी क्रेन्द्रका नेता हितमान शाक्यसहित केन्द्रीय नेताहरू नारायण दाहाल र दिलीप प्रजापतिले प्रशिक्षण दिएका थिए । बैठकमा अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077