Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दुई दिनभित्र मन्त्रिपरिषद विस्तार नभए माओवादीका मन्त्री फिर्ता गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो सरकारको गतिबिधि र पार्टीको आन्तरिक संघर्षबारे छलफल भइरहेको कार्यालयले जनाएको छ।

यस्तै, पेरिसडाँडा स्रोतका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद विस्तारबारेको धारणामा ब्रिफिङ गर्दैछन्। जसमा दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए माओवादीका मन्त्री फिर्ता गरेर सरकारलाई समर्थन जारी राख्ने बताएको स्रोतको भनाइ छ।

सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धी अध्यादेशको किचलोका कारण सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077