Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीका ११ जना कर्मचारी सम्पर्कविहीन, सात दिनभित्र उपस्थित हुन हेडक्वाटरको निर्देशन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जना कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको हो । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशीलगायत प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर र प्रहरी जवानहरू सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल रहेका छन्।

यस्तो छ प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077