Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध प्रदर्शन

एजेन्सी – चार दिने अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकामा प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीहरुले ह्वाइट हाउसअघि मोदीविरुद्ध नाराबाजी गरेका छन्। दर्जनौँ भारतीय–अमेरिकी नागरिकहरूले विभिन्न प्लेकार्ड र पर्चा बोक्दै मोदीको विरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

प्रदर्शनकारीहरुले ‘भारतलाई फासिज्मबाट बचाउ’, ‘मुस्लिम र अन्य अल्पस्ंख्यकमाथिको अत्याचार बन्द गर’, ‘मानव अधिकार हनन बन्द गर’, ‘मोदी फिर्ता जाउ’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए।

सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्री बनेदेखि उनीमाथि देशमा हिन्दूवाद बढेको र मुस्लिम र अन्य अल्पसंख्यक समूहमाथि विभेद गरेको आरोप लागिरहेको छ।

क्वाड सम्मेलनका लागि यतिबेला मोदी अमेरिकामा छन्। मोदी शनिबार न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभामा समेत भाग लिनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077