Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संवैधानिक इजलासमा प्रधानन्यायाधीश उपस्थितिबारेको मुद्धा: सुनुवाइ स्थगित

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिबारे दायर गरिएको रिटमा आज सुनुवाइ नहुने भएको छ । सर्वोच्चले बारसँग मागेको एमिकस क्युरी उपस्थित नभएपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको अदालतले जनाएको छ।

शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको थियो  ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च र नेपाल बारलाई एमिकस क्युरी मनोनयनका लागि चिठ्ठी गएको थियो । एमिकस क्युरी बहस गर्न पनि आउनुभएन । नाम पनि पठाउनुभएन। त्यहीँ भएर आज सुनुवाइ हुन सकेन।

यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077