काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामीहरुलाई ठाउँका ठाउँ ठोक्न वाइसीएललाई निर्देशन दिएका छन् । यदी केही भए त्यसको जिम्मेवारी आफूले लिने समेत बताएका छन् ।
बिहीबार काभ्रेको पाँचखालमा आयोजित योङ कम्युनिष्ट लिग (वाइसीएल)को भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामीहरुलाई ठोक्न निर्देशन दिँदै भने, ‘प्रतिगामीहरुलाई बाँकी राख्ने होइन । आफु जाइलाग्ने होइन, उनीहरु आाइलागे ‘इँटको जवाफ पत्थरले दिनु’, यस्को जिम्मा म लिनेछु’ अध्यक्ष प्रचण्डले भने ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले २०६४ सालको जस्तै सक्रिय अवस्थामा फर्किनुपर्ने निर्देशन दिँदै गलत गतिविधि गर्नेे प्रतिगामी, दलाल कायर र जालीझेलीलाई छोड्नै नमिल्ने बताए ।
यस्तै, अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई धोका दिएको बताए । ‘त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ, अहिले कहाँ हेर्नुस् त । त्यो बादल अब मेरो हिजोको साथी, बढी त भन्दिनँ। सम्झिँदा पनि एलर्जी हुन्छ । ‘ प्रचण्डले भने।
यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधिसभा विघटन गरेको बताए।
Leave a Reply