Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डले भने- केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन

बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधिसभा विघटन गरेको बताएका छन् ।

बिहीबार योङ कम्युनिष्ट लिग नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले ओलीलाई भगौडा र हरुवाको संज्ञा दिंदै विदेशीहरूको साथमा मिलेर प्रतिनिधिसभा विघटन गरेको बताए।

‘तर हामीले प्रतिनिधिसभा जीवित गरायौं, प्रतिगमनलाई हरायौं । नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं,’ प्रचण्डले भने, ‘पछि पनि उनलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं। हामी विजेता हौं। केपी हरूवा हो, भगौडा हो।’

यस्तै, अध्यक्ष प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि ओलीलाई देशकै महान् नेता बन्ने अवसर भएको र त्यसका लागि उनको बुद्धि नपुगेको प्रचण्डले बताए। ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन । दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोबर भरिएपछि के गर्ने!’

कार्यक्रममा आफू काभ्रे आएकोमा खुशी साट्दै अध्यक्ष प्रचण्डले उपस्थित सबैमा धन्यवाद र आभारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077