Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • राष्ट्रसंघीय महासभामा अमेरिकाविरुद्ध इरानी राष्ट्रपति आक्रोशित, चीनले के भन्यो ?

    राष्ट्रसंघीय महासभामा अमेरिकाविरुद्ध इरानी राष्ट्रपति आक्रोशित, चीनले के भन्यो ?

    अनलाइन नेपाल
  • बिहिबार, ७ असोज २०७८
  • 2.2K
    SHARES

    एजेन्सी – संयुक्त राष्ट्र संघको महासभामा अमेरिकाविरुद्ध इरान आक्रामक रुपमा प्रस्तुत भएको छ। इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीले आफ्नो पहिलो सम्बोधनमै अमेरिकामाथि आक्राशे पोखेका छन्।

    तेहरानबाट भर्चुअल रुपमा महासभालाई सम्बोधन गरेका रइसीले इरानमाथि प्रतिबन्धलाई अमेरिकाले युद्धका बेलामा जस्तो गरी प्रयोग गरिरहेको भन्दै कटाक्ष गरेका छन्।
    ‘संसारका कैयौं देशहरुमाथि अमेरिका प्रतिबन्धलाई हतियारजस्तै प्रयोग गरिरहेको छ। कोभिड महामारीको समयमा यस किसिमको आर्थिक सजाय मानवताविरुद्ध अपराध हो,’ उनले भने।



    राष्ट्रपति रइसीले आफ्नो क्षेत्रमा अमेरिकाले अधिनायकवादी व्यवहार मात्रै गरेको नभएर पश्चिमी पहिचान थोपर्ने प्रयास पनि गरिरहेको आरोप लगाए। उनले इराक र अफगानिस्तानबाट अमेरिका आफैं नगएको बरु उसलाई त्यहाँबाट निकालिएको दाबी पनि गरे।



    ‘क्यापिटलदेखि काबुलसम्मबाट स्पष्ट सन्देश आएको छ कि अमेरिकाको अधिनायकवादी प्रणालीको कुनै साख छैन त्यो चाहे अमेरिकाभित्र होस् वा अमेरिका बाहिर। पश्चिमी तौरतरिका थोपर्ने कोसिस विफल भएको छ,’ उनले भने, ‘इराक र अफगानिस्तानबाट यो प्रमाणित भयो । विश्वलाई अमेरिकी नाराले कुनै फरक पार्दैन । त्यो चाहे ट्रम्पको अमेरिका फर्स्ट होस् वा बाइडेनको अमेरिका ब्याक।’

    अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार महासभालाई सम्बोधन गर्दै अमेरिका आफ्नो अडानमा कायम रहेको बताएका तिए। उनले इरानलाई परमाणु हतियार हासिल गर्न नदिने पनि दाबी गरेका थिए। त्यस्तै राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै चीनले पनि अमेरिकामाथि कटाक्षा गरेको छ। चीनका राष्ट्रपति शी जिनपिंगले आफ्नो सम्बोधनमा कुनै पनि देशको आन्तरिक मामिलामा हस्पक्षेप गर्नु लोकतन्त्र नभएको बताएका छन्।

    ‘लोकतन्त्रमा कुनै एक देशको सुरक्षित अधिकार छैन। यो सबै देशका जनताको अधिकार हो । बाहिरबाट सैन्य हस्तक्षेप र कथित लोकतान्त्रिक परिवर्तनबाट केही हासिल हुँदैन बरु यसबाट नोक्सानी नै हुन्छ,’ उनले भने।

    शी जिनपिङले चीनले अब विदेशमा नयाँ कोइला पावर प्रोजेक्टमा काम नगर्ने घोषणा पनि गरे। चीनले विश्वव्यापी तापमान वृद्धिविरुद्ध उठाएको अहम कदमको रुपमा यसलाई हेरिएको छ। ‘चीन अन्य देशहरुलाई कम कार्बन उत्सर्जन गर्ने ऊर्जा उत्पादनमा सहयोग गर्नेछ। अब हामी विदेशमा नयाँ कोइला प्रोजेक्टमा पनि काम गर्ने छैनौं,’ उनले भनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार