Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठोस सहमतिबिनै सकियो सत्ता गठबन्धनको बैठक

काठमाडौं । बुधबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक ठोस सहमतिबिनै सकिएको छ। बैठकमा विभिन्न विषयहरुमा छलफल भएपनि ठोस सहमति भने नभएको बताइएको छ।

बैठकमा शीर्ष नेताहरुले गठबन्धनलाइृ कसरी अघि बढाउने भनेर आ–आफ्नो धारणा राखेका थिए। कुनै पनि विषयमा ठोस निष्कर्ष ननिकिस्ए पनि संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल भएको छ। छिटो मन्त्रिपरिषद विस्तार गर्ने भनिए पनि भोली नै गर्ने भनरे सहमति भएको छैन। अधिकांश विषयमा दलहरुबीच सहमति नजिक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077