Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओली त्यस्ता मान्छे हुन् जो मलामी जाँदा नि बाजा बजाउँदै, नाच्दै हिड्छन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झुट र धोकाका पर्याय नै भएको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ''केपी ओली जति झुट बोल्न सिपालु मान्छे सायद नेपालमा अरु छैनन्। धोका चाँही आफूले दिने अनि अरुले दियो भन्ने, प्रचण्डले थपे, 'धोकै धोकाको छ ओलीको जीवन तर सजिलै अर्कोलाई धोकेवाज भन्छन्।'

यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले केपी ओलीले उखान टुक्का भन्दा ताली बजाउने देखेर आफू हैरान भएको बताए। 'केपी ओलीले उखान टुक्का भन्दा ताली लगाउने देखेर हैरान हुन्छु। के बुझेर तालि लाउँछन् मानिसले?' प्रचण्डको प्रश्न थियो।

यस्तै, आफूहरुले गठबन्धनको निर्माण गरेर ओलीलाई बालुवाटारबाट हटाउन सफल भएको भन्दै ओलीले भने, ''मोर्चा बनाएका छौं त्यो नबनाएको भए निरंकुश र तानाशाह जस्तो र आफूलाई श्री ५ जस्तो गर्न खोजेका केपी ओलीलाई बालुवाटारबाट गलहत्याएर लान त सकिने थिएन। विना गठबन्धन त सम्भव थिएन' प्रचण्डले भने।

यसैगरी, ओली बालुवाटारबाट बाजा बजाएर बालकोट गएकोमा कटाक्ष गर्दै प्रचण्डले भने,' 'हुन त केपी त्यस्ता मान्छे हुन् जो मलामी जाँदा नि बाजा बजाउँदै नाच्दै हिँडिदिन्छन्, मान्छे दंगै पर्छन्।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077