Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफूले ‘धोका’ दिएकाबाटै साथ पाउने मुख्यमन्त्री शाक्यको विश्वास

जलेश्वर – बागमती प्रदेशकी मुखयमन्त्री अष्टलक्ष्मी शाक्यले आफूले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छिन्। उनले नेकपा एकीकृत समाजवादीको सहयोगमा यो सम्भव हुने बताएकी छिन्।

महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्दै विश्वासको मत पाउने दाबी गरेकी हुन्।

बागमती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताएकी छन्।

एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो। नेता नेपालको नेकपा एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन्।

उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताइन्। एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिएका छन्।

उता एकीकृत एसका अध्यक्ष नेपालले भने अन्तिम समयमा साथ छाडेका नेताहरुलाई ‘धोकेबाज’को संज्ञा दिइसकेका छन्। बागमती प्रदेशमा एसले आफ्नै नेतृत्वमा सरकार बनाउने पहल गरिरहेका बेला मुख्यमन्त्री शाक्यले भने नेपालकै साथबाट आफ्नो सरकार टिक्ने बताएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077