Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमसीसीकै कारण गठबन्धनमा कुनै असर पर्दैन : प्रचण्ड

जनकपुरधाम । चौतर्फी रुपमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण वर्तमान सत्ता गठबन्धन ढल्ने चर्चा चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने दावी गरेका छन् ।

आज प्रदेशका नेता÷कार्यकर्तालाई प्रशिक्षण दिन प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पुगेका उनले एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने धारणा व्यक्त गरे ।

असोज ५ गते भित्र सरकार विस्तार हुने दावी गरेका उनले भने–‘असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुन्छ ।’ प्रशिक्षण दिएर यहाँबाट फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको पनि बताए ।

उनले भने–‘संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको हो । गठबन्धन आगामी चुनावसम्म कायम रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077