Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कश्मीर मुद्धामा संयुक्त राष्ट्रसंघका उच्चायुक्तको बयानमा भारतको आपत्ति, के भनेका थिए उनले ?

काठमाडौं – मानव अधिकार परिषद्को ४८ औं सत्रमा राष्ट्रसंघीय उच्चायुक्तले जम्मू कश्मीर मुद्धाको व्यक्त गरेको अभिव्यक्तिमा भारतले आपत्ति जनाएको छ।

भारतले संयुक्त राष्ट्र संघीय उच्चायुक्तको बयानलाई ‘अनुचित’ र ‘जमीनी यथार्थ’ बाट वञ्चित भएको भनेको छ। भारतीय विदेश सचिव (पश्चिम) रिनत संधुले विश्वव्यापी प्रचार र मानव अधिकारको संरक्षण का लागी भारत को दृष्टिकोण एक बहुलवादी र समावेशी समाज र जीवन्त लोकतन्त्रको रूपमा हाम्रो आफ्नै अनुभवमा आधारित रहेको बताएकी छिन्।

सेप्टेम्बर १३ देखि अक्टोबर ८ तारिख सम्म चल्ने मानव अधिकार परिषद्को ४८ औँ सत्रको सामान्य बहसमा सचिव (पश्चिम) सहभागी छिन्। सोही क्रममा उनले उच्चायुक्तको मौखिक बयानलाई लिएर मंगलबार जवाफ दिएकी थिइन्।

मानव अधिकारको प्रवर्द्धन र संरक्षणका निम्ति राज्यहरु बिच वार्ता, परामर्श र सहयोग, प्राविधिक सहयोग र क्षमता निर्माण को प्रावधान हुनु जरुरी रहेको उनले बताइन्।

सचिव (पश्चिम) ले भनिन, “राष्ट्रिय संप्रभुता र राज्यहरुको आन्तरिक मामिलामा हस्तक्षेप नहुने गरी मानव अधिकारको समर्थनमा देखिएको कुनै पनि कमी कमजोरीको पारदर्शी र निष्पक्ष ढंगले सम्बोधन हुनुपर्दछ। विश्वव्यापी प्रचार र मानव अधिकारको संरक्षणका लागी भारतको दृष्टिकोण एक बहुलवादी र समावेशी समाज र जीवन्त लोकतन्त्र को रूपमा हाम्रो आफ्नै अनुभवमा आधारित छ।’’

अफगानिस्तानको वर्तमान स्थिति गम्भीर चिन्ताको विषय बनेको भन्दै उनले भनिन्, “संयुक्त राष्ट्र सुरक्षा परिषदको धारा २५९३ अनुसार अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तान प्रति आफ्नो दृष्टिकोण निर्देशित गर्नुपर्दछ।’’

संयुक्त राष्ट्र सुरक्षा परिषद्को संकल्प पक्षलाई उजागर गर्दै, विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले भनेका छन्, “यसले महिला, बालबालिका र अल्पसंख्यकहरु सहित मानव अधिकारको समर्थन गर्न, अफगानिस्तान छोड्न चाहनेहरुका लागी सुरक्षित बाटो प्रदान गर्न र बिना कुनै बाधा मानवीय सहायता पहुँच सुनिश्चित गर्न सहयोग गर्दछ । शान्ति र मर्यादामा बाँच्न चाहने अफगानिस्तानका जनताका लागि अन्तर्राष्ट्रिय समुदाय अघि आउनै पर्छ।’’

भारतले २०२२–२४ को अवधि को लागी मानव अधिकार परिषदको पुनः चुनावको माग गरिरहेको छ। यसै सन्दर्भमा उनले भनिन्, “हामी भारतको उम्मेदवारीको लागी संयुक्त राष्ट्र सदस्य राष्ट्रहरुको निरन्तर समर्थन को आशा गर्दछौँ।’’

यसअघि उक्त सत्रमा भारत र पाकिस्तानबीच पनि जम्मू कश्मीरको विषयमा जुहारी चलेको थियो। दुबै देशले एकअर्कामाथि गम्भीर आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077