Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

‘मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले गरे आत्महत्या प्रयास, यस्तो छ कारण

एजेन्सी – बडी बिल्डर तथा मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आत्महत्या प्रयास गरेका छन्। उनले मुम्बईमा एक सुसाइड नोट लेख्दै आत्महत्याको प्रयास गरेका हुन्।

उनले आफ्नो आत्महत्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको उल्लेख गरेका छन्। मनोजले साहिलमाथि विभिन्न आरोप लगाउँदै आफ्नो आत्महत्याको कारण पनि उही भएको उल्लेख गरेका छन्।

साहिलले आफूलाई साइबर बुलिङ र मानसिक रुपले तनाव दिएको उनले सुसाइड नोटमा लेखेका छन्। तर परिवारले उनको उद्धार गरेको छ। हाल उनी मुम्बईको कूपर अस्पतालमा उपचाररत छन्।

चिकित्सकका अनुसार उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर छ। उनले औषधि खाएर आत्महत्याको प्रयास गरेको बताइएको छ।

‘म मिस्टर ओलम्पियामा सहभागिताको लागि प्रयासमा छु। तर साहिल खानले मलाई पटक पटक प्रताडित गरिरहेको थियो। उनले मलाई यो प्रतियोगितामा सहभागिता नजनाउन दबाब दिइरहेका थिए। उनी बिना कारण नै मलाई सामाजिक सञ्जालमा बदनाम गराइरहेका थिए’, उनले सुसाइड नोटमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077