Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चाडपर्वलाई सांकेतिक रुपमा मात्रै मनाउन काठमाडौं जिल्ला प्रशासनको उर्दी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वहरु सांकेतिक रुपमा मनाउन आग्रह गरेको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी(सीडीओ) गोबिन्दप्रसाद रिजालले एक सूचना जारी गर्दै कोभिड-१९ को संक्रमण कायमै रहेकोले स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गरेका हुन्।

यस्तै, अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न पनि आग्रह गरेको छ। यस्तै, शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने सूचनामा उल्लेख छ।

तर, गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने छ।

यसैगरी,स्थानीय ढुवानी बिहान ७ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न पाइने सो सूचनामा उल्लेख छ।

यस्तो छ प्रशासनले जारी गरेको आदेश :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077