Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेमा माधव नेपाल चाहियो भन्ने अष्टलक्ष्मीलाई ओलीको प्रश्न : फेरि पनि पार्टी फुटाउन मन छ र ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपालको आवश्यक नभएको बताएका छन् ।

बिहीबार काठमाडौंको कमलादीमा आयोजित जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन् ।

शाक्यभन्दा पछाडि सम्बोधन गरेका अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा आवश्यक नभएको बताए ।

उनले भने, ‘हुन त केही साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव कमरेड आउनुस् तपाईंको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बझ्दिनँ ।’

यस्तै, अध्यक्ष ओलीले माधव नेपालको भ्रममा परेर झुक्किएका कार्यकर्ताहरुलाई एमालेमा फर्किन आग्रह समेत गरे। उनले भने, भ्रममा परेकाहरु फर्किनुस्, भ्रममा नपर्नुहोस्।’ उनले अघि भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिकुण्डमा हिडेका छन्।’

[insert page='86606' display='yopanipadhnuhos.php']

[insert page='86624' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077