Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दशैँ आउन २७ दिन बाँकी, राष्ट्र बैंकले तोक्यो नयाँ नोट साट्न पाइने काउन्टरहरु

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी अर्थात दशैं आउन अब २७ दिनमात्र बाँकी छ । असोज २९ गते फूलपाती परेको छ भने विजाया दशमी ३२ दिनपछि अर्थात २९ गते शुक्रबार परेको छ । त्यसैले नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा उपलब्ध गराएको छ।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका अनुसार कमर्सियल बैंकलेहरुको मागका आधारमा करिब महिना दिनअघि नै दशैंतिहार लक्षित नोट बजारमा पठाइएको हो। जसअनुसार आगामी असोज चार गतेदेखि सर्वसाधारणले नयाँ नोट सटही गर्न पाउने छन् ।

जसका लागि राष्ट्र बैंकले नयाँ नोट सटही (एक्सचेन्ज) काउन्टर तोकेको छ । बुधबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल) मा वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने जनाएको छ ।

नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइने बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077