Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • कतारमा अलपत्र श्रमिकको उद्धार

    कतारमा अलपत्र श्रमिकको उद्धार

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ ।

    कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।



    सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ः०० बजे काठमाडौँ आइपुगेका हुन्। लामा र पौडेल भने यही भदौ १ गते नेपाल फर्किएका थिए। “कानुनी प्रबन्ध दूतावासले मिलाउने गर्छ, सङ्घले हवाई टिकट व्यवस्थापन गरेर उहाँलाई घर पठाएको हो”, प्रवक्ता क्षेत्रीले टेलिफोनमा भने।
    छ महिनाअघि कतार गएका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताए। “सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ”, उनले भने, “कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ ।” सङ्कटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उनको भनाइ छ । काठमाडौँ ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले सुनाए।



    कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको सङ्घले जनाएको छ । नेपाली दूतावाससँगको समन्वयमा उद्धार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको सङ्ख्या ठूलो छ ।

    सङ्घको राष्ट्रिय समन्वय परिषद् कतारले उद्धार समिति नै बनाएर त्यहाँ रहेका श्रमिक नेपालीको दुःखमा साथ दिँदै आएको छ । “समस्यामा परेका जो–कोही नेपालीलाई सङ्घले सहयोग गर्छ”, प्रवक्ता क्षेत्रीले भने, “जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार