Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • राष्ट्रियसभा बैठक : राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

    राष्ट्रियसभा बैठक : राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेका छन् ।

    शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमाली सांसदहरुको विरोधकै बीच राष्ट्रियसभामा गृहमन्त्री खाँणले अध्यादेश पेश गरेका हुन्।



    बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए ।



    यस्तै बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुँरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य थिए भने भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधानसभा सदस्य सदस्य रहेका थिए

    गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका थिए । उक्त अध्यादेश पेशसँगै राष्ट्रियसभाको अर्को बैठक २८ गते सोमबारसम्मका लागि स्थगित भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार