Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सप्तरीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु, एक घाईते

    सप्तरीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु, एक घाईते

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव / सप्तरी । सप्तरीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्‍यु भएको छ ।

    ६० वर्षीय पुरुषको दुर्घटनामा, ११ वर्षीय बालकको करेन्ट लागेर र २५ वर्षीय पुरुषको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।



    सदरमुकाम राजबिराज नगरपालिका वडा नम्वर ५ स्थित राजविराज–कुनौली सडक खण्डमा बिहीबार साँझ बिष्णुपुरतर्फ जादै गरेको को ७ प ४४१० नम्बरको मोटरसाइकललाई बिपरित दिसातर्फ आउँदै गरेको स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिएर दुर्घटना भएको हो ।



    दुर्घटनामा मोटरसाइकलको पछाडि सबार विष्णुपुर गाउँपालिका वडा नम्वर ५ कट्टी बस्ने ६० बर्षीय लेल्है खंगको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको तथा शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ ।

    ठक्करले मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    यसैगरी सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सखरपुरा बस्ने बिनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुरको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको प्ररहीले जनाएको छ ।

    चन्दनले आफ्नै घरमा जडा गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रम्मा उनलाई करेन्ट लागेर घटना स्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    शव पोष्टमाटमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    यस्तै सप्तरीकै शम्भुनाथ नगरपालिका वडा नम्वर ३ कचन्दाहा बस्ने २५ बर्षीय कृष्ण मण्डलको पोखरीमा डुबरे मृत्यु भएको छ ।

    बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक छारे रोगको बिरामी रहको बुझिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

    मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार