Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीन र पाकिस्तानसँग भिड्नका लागि भारतको तयारी, ५६ सैनिक विमान किन्न सरकारको अनुमति

नयाँ दिल्ली । चीन र पाकिस्तानबाट हुने खतरालाई ध्यानमा राखी नरेन्द्र मोदी सरकारले भारतको सरक्षलाई थप शसक्त बनाइरहेको छ।

सम्भावित खतरालाई मध्यनजर गर्दै भारत लगातार देशको सुरक्षालाई सुदृढ बनाउने कोशिसमा छ। सरकारले बुधबार भारतीय वायु सेनाका लागि ५६ नयाँ सैनिक विमान किन्ने स्वीकृति दिएको छ।

रिपोर्टका अनुसार प्रधानमन्त्री मोदीको नेतृत्वमा बुधबार मन्त्रिपरिषद्को सुरक्षा समितिको (सीसीएस) एक महत्वपूर्ण बैठक बसेको थियो। बैठकले भारतीय वायु सेनाका लागि ५६ सी–२९५ एमडब्लू यातायात विमान खरिद गर्न अनुमति दिएको हो। यी विमानहरु स्पेनबाट किन्न लागिएको हो।

भारतमै पनि ४० वटा विमान निर्माण हुनेछन्। स्रोतका अनुसार यी ५६ मध्ये १६ वटा विमानहरु स्पेनमा तयार हुनेछन् र ४८ महिनापछि भारत ल्याइनेछ। बाँकी ४० विमानहरु भारतमा नै निर्माण गरिनेछ। यसका लागि स्पेनको कम्पनी र टाटाको गठबन्धन भएको छ। उनीहरुले एकसाथ मिलेर १० वर्षमा यी जहाजहरु निर्माण गर्नेछन्।

रिपोर्टकाअनुसार यो भारतमा आफ्नो किसिमको पहिलो प्रोजेक्ट हो जसमा एक निजी कम्पनीले देशको वायु सेनाको लागि सैन्य विमान बनाउनेछ। ५६ वटै विमानको हाईटेक इलेक्ट्रोनिक युद्ध उपकरणसँग सुसज्जित गरिनेछ। त्यसको मुख्य उद्देश्य युद्ध मैदानमा कुनै समस्याबिना यसले सैनिकहरुलाई मद्दत गरोस् भन्ने हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077