Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानको नयाँ नियुक्तिप्रति ओलीको आपत्ति, विग्रिएका ट्रान्सफर्मर खरिद गरेको आरोप

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएकोमा विरोध गरेका छन् ।

मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले भने–‘हकका साथ पुगेको मान्छेलाई गैरकानुनी ढंगले हटाइएको’ आरोप उनले लगाए ।

लोडसेडिङ अन्त्य गरेका घिसिङलाई प्राधिकरणमा नियुक्ति गरिएकोप्रति सरकारको प्रशंसा भइरहेका बेला नेकपा एमाले भने त्यसविरुद्ध लागेको छ । ओलीले कुलमान घिसिङले खरिद गरेका ट्रान्सफर्मर बिग्रिएको र हेटौंडा ट्रान्सफर्मरकै सहर बनेको पनि बताए ।

ओली नेतृत्वको सरकारले घिसिङको चार वर्षे समयावधि सकिएपछि हितेन्द्रदेव शाक्यलाई कायममुकायम हुँदै प्रमुख कर्यकारी निर्देशक बनाएको थियो । सरकार परिवर्तन भएसँगै शाक्यलाई हटाएर पुनः घिसिङलाई नै प्राधिकरणको जिम्मा दिइएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले कानून मिचेर घिसिङलाई नियुक्त गरेको भन्दै शाक्यले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दा सर्वोच्चमा विचाराधिन छ । यस्तो बेला प्रमुख प्रतिपक्ष दलका अध्यक्ष ओलीले पनि सरकारले उक्त कार्यप्रति विरोध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077