Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी विभाजन गर्न माधव नेपाललाई विदेशी शक्तिले उक्साएको सुरेन्द्र पाण्डेको आरोप

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले माधवकुमार नेपाल पक्षलाई विदेशी शक्तिले पार्टी विभाजनमा सहयोग गरेको आरोप लगाएका छन्।

मंगलबार पोखरामा आयोजित पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले पार्टी विभाजनको बाटोले कम्युनिष्ट पार्टीलाई कमजोर पार्ने तर एमालेलाई भने ५ देखि १० प्रतिशत मात्रै नोक्सान हुने दाबी गरे।

'माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल गर्‍यौं । तर छोडेर जानुभयो,´ पूर्वमन्त्री समेत रहेका पाण्डेले भने, `हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो । उहाँले हामीलाई धोका दिनुभयो ।´

एमाले पार्टी पर्तियाग गरेका माधव नेपालले नेकपा एकीकृत समाजवादी नामको पार्टी दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077