Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सभामुखलाई ‘गुरिल्ला’को संज्ञा दिँदै बस्नेतले भने- अवैध अधिकार प्रयोग गरेर द्वन्द्वकालको झझल्को दिए

    सभामुखलाई ‘गुरिल्ला’को संज्ञा दिँदै बस्नेतले भने- अवैध अधिकार प्रयोग गरेर द्वन्द्वकालको झझल्को दिए

    अनलाइन नेपाल
  • सोमबार, १४ भाद्र २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले युद्धकालिन गुरिल्लाको झझल्कोबाट अदालतको समानान्तर अभ्यास गरेको गम्भीर आरोप लगाएका छन्।

    सोमबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै एमाले नेता बस्नेतले सभामुख सापकोटामाथि सामान्य सुचना टाँस नगरी अवैध विधायिकी अधिकार प्रयोग गरेर सर्वोच्च अदालतको समानान्तर अभ्यास गरेको आरोप लगाएका हुन् ।



    आइतबार सभामुख सापकोटाले एमालेले कारवाहीको लागि सिफारिस गरेका १४ जना सांसदहरुलाई कारवाही गर्नु नपर्ने निर्णय गरेपछि सांसद बस्नेतले सापकोटामाथि टिप्पणी गरेका हुन्। उनले सभामुख सापकोटा न्यायधीश जस्तो बनेर कसैको पद रिक्त नहुने फैसला गरेको टिप्पणीसमेत गरेका छन् ।



    यसैगरी पूर्वमन्त्री समेत रहेका बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यावद र बाबुराम भट्टराईको एकमात्र अभिष्ट एमाले सिध्याउने छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग रहेको पनि बताएका छन् । त्यसैको कारण अदालतको सेटिङ्गमा परमादेश जारी र देउवा पदमा पुगेको बस्नेतको आरोप छ।

    बस्नेतले लेखेको जस्ताको तस्तै :-

    ‘प्रचण्ड, देउवा, माकुने, उपेन्द्र र बाबुरामको एकमात्र अभिष्ट एमाले सिध्याउने छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ। अदालतको सेटिङ्गमा परमादेश जारी गरियो, देउवा सत्तासिन भए, सवा महिना मन्त्री परिषद गठन हुन सकेन। चालू संसदको अधिवेशन हठात अन्त्य गरेर अन्तर्राष्ट्रिय रुपमा कुनै पनि लोकतान्त्रिक मुलुकले अभ्यास नगरेको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको हस्ताक्षरबाट पार्टी फोर्न पाउने अध्यादेश जारी गरियो। निर्वाचन आयोगको नियमावली र हस्ताक्षर सनाखत प्रक्रिया विवाद र अब्जेक्सनका बीच बहुत तिब्र गतिमा टुङ्गाइयो। दल दर्ताको प्रक्रिया फास्ट ट्र्याकमा बैधानिकता प्रदान गरियो। संविधान, राजनैतिक दल सित सम्बन्धित कानून र प्रतिनिधि सभा नियमावली अनुसार गत बैशाख २७ गते सदनमा आफ्नो सरकारले विश्वासको मत लिने प्रक्रियालाई चुनौति दिदै पार्टीको ह्विप उलंघन गर्ने १४ सांसदहरुलाई केन्द्रीय कमिटी र संसदीय दलबाट आवश्यक प्रक्रिया पूरा गरी कारबाही गरी निष्कासन गरिएकोमा जनयुद्ध बाट आएका गुरिल्ला सभामुख अग्नि प्रसाद सापकोटाले सामान्य सूचना टाँस गर्नु पर्नेमा अबैधानिक ढंगले विधायिकी अधिकार प्रयोग गरेर द्वन्द कालको झझल्को दिने गरी सर्वोच्च अदालातको समानान्तर अभ्यास गरेर न्यायधीश जस्तो कसैको पद रिक्त नहुने फैसला सुनाएछन्। बिगतमा राजपा को सांसद सरिता गिरी, पूर्व माओवादी सांसदहरु लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु शाह लगायतलाई आफैले कारबाही गरेको, सूचना टाँस गरेको, प्रक्रियाको नजिरलाई समेत चुनौती दिएकाछन् । संसदीय इतिहासमा यो बिभेदकारी र गैह्र संसदीय निर्णयको उनले पटक पटक जवाफ दिनै पर्छ। देउवाको असक्षमता र अकर्मण्यताको कारण मुलुकको बिकाशको गतिविधि रोक्ने र अनिर्णयको बन्धी बनिरहेको बेला अग्नि सापकोटाको कारण दलहरुको बीचमा द्वन्द झन बढाउने काम भैरहेको छ। आगामी दिनमा त्यो द्वन्द सदन र सडकमा समेत प्रकट हुनेछ। दाँतको उपचार गरेको बहाना गरेर बसेको बेलामा कांग्रेसका नेता मोहन बस्नेतले अग्नि सापकोटा चाँडै जेल जान्छन् भनेर उदघोष गरिरहँदा उनले थप कुकर्म गरेका छन् । समयक्रममा यसको उचित हिसाब तिर्नै पर्ने छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार