Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

    सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 2.7K
    SHARES

    सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्वर ६ बस्ने ५० वर्षीय नागेश्वर मण्डलको आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।



    आफ्नो घरमा कल चलाउँदा मोटरको तार सर्ट भएर करेन्ट लागेका उनलाई उपचारको लागि जिल्ला अस्तपाल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।



    मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार