Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बन्न हिजो राजाको पाउमा दाम चढाउने नेपाल आज मन्त्री बनाउन देउवाको पाउमा सांसद चढाउँदै हुनुहुन्छ : बस्नेत

काठमाडौं । नेकपा एमालेका युवा नेता एवम् सांसद महेश बस्नेतले नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालको क्रियाकलापको कडा आलोचना गरेका छन् । आज युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा बोल्दै उनले नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता नेपालको कडा आलोचना गरेका हुन् ।

नेता बस्नेतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मन्त्री पदका लागि सांसदलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणी गरेका हुन् ।

कार्यक्रममा नेता बस्नेतले भने–‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ ।’

नेता बस्नेतले नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको तर त्यतिबेला केपी ओलीले रोकेको बताए ।

सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गरे । उनले भने–‘मदन भण्डारीको नाम बेचेर माधव नेपाल र झलनाथ खनालले प्रचण्ड र शेरबहादुरको टाङमुनि छिराउँदैछन् । अरु नेताहरुले त्यस्ता काममा साथ दिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077