Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ सरकार गठनसँगै देशमा कांग्रेसी आतंक बढ्दो : प्रभु साह

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेता प्रभु शाहले देशमा कांग्रेसी आतंक बढेको आरोप लगाएका छन्।

'नयाँ सरकार गठनसँगै देशमा कांग्रेसी आतंक बढ्दो' शिर्षकमा नेता शाहले सामाजिक सञ्जालमार्फत् यस्तो आरोप लगाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, 'देशमा कांग्रेस नेतृत्वको सरकार गठनसंगै मुलुकमा महंगी, सरकारी आतंक, ब्रह्मलुट तथा आसन्न/आउदो चुनावमा कांग्रेसी गठबन्धनलाई सहयोग पुर्याउन अहिलेदेखि नै अनुचित, अनैतिक एवं अपराधिक हर्कतपूर्ण गतिविधिहरु दिनप्रतिदिन बढ्दो क्रममा देखा पर्नु आफैंमा दुखद एवं भर्तस्ना योग्य विषय हो । अहिलेको २१ औ शताब्दीको संघीय गणतंत्रमा पनि राणाक़ालीन शैलीमा सतापक्षधर उम्मेदवारलाई जिताउने वातावरण बनाउनको लागि बिरोधीहरुलाई झूठा मुद्दामा फसाउन प्रहरीद्वारा गरिएको षड्यन्त्रपूर्ण कार्यलाई जति निन्दा गरे कम हुन्छ ।
यसरी देश र जनताको हित विपरीत गरिने कुकार्यहरु किमार्थ स्वीकार्य हुन नसक्ने भएकोले सत्ता उन्मादबाट शिघ्र बाहिर आई समयमैं सच्चिन कांग्रेसी मित्रहरुलाई आग्रह समेत गर्दछु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077