Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा रोकेर राखेको ट्यांकरमा ट्रक ठोक्किँदा एक किशोरीको मृत्यु, तीन घाइते

रामनारायण यादव / सप्तरी । सप्तरीमा ट्याङकरमा ट्रक ठोकिदा एक किशोरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्वर ४ कदमहा स्थित दिलिप एण्ड बरोद्रस पेट्रोल पम्प नजिक दुर्घटना भएको हो ।

बुधबार राति साढे ११ बजे समयमा पूर्व तर्फ जानलाई रोकेर राखेको को १ ख ६९५६ नम्बरको तेलको ट्याङकरमा सोही दिशा तर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकपछाडीबाट ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका वडा नम्वर ४ बस्ने आशाराम चौधरीका ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै ट्रक चालक ४५ वर्षीय चौधरी, उनकी श्रीमती ४० वर्षीया चन्द्रकाला थारुनी र २३ वर्षीय छोरा आशिष चौधरी घाइते भएका छन् । उनीहरुको सिरहाको लहान स्थित सप्तऋषि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक र ट्याङकर नियन्त्रण्मा लिएर घटनाको अनुसन्धन भईरहेको प्रवक्ता काफ्लेले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077