Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीका मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा प्यूठानका श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् ।

सोमबार लुम्बिनी प्रदेश सरकारले सुवेदीलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेको हो ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता सुबेदीलाई उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराएकी छन् ।

निवर्तमान मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्व रहँदा रहेका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिँदा खाली रहेको पदमा सुवेदीलाई गठबन्धन सरकारले नियुक्त गरेको हो ।

नवनियुक्त न्यायाधिवक्ता सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077