Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अगुल्टोले हानेर बाबुको हत्या गर्ने छोरालाई परिवारले नै ढाकछोप गर्न खोजेको प्रहरीको खुलासा

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६० वर्षीया लक्ष्मीमनको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै छोराबाट आज लक्ष्मीमनको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी बुढा गाउँको टोली घटनास्थल पुग्दा लक्ष्मीमनको हत्या गरी खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

छोराको कुटपिटबाट मृत्यु भएका लक्ष्मीमनको मृत्युको कारण परिवारले ढाकछोप गरी लुकाउन खोजे पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराले नै हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले बताए ।

हत्यामा संलग्न टेकबहादुरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सुबेदीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077