Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ– शाही र वली दुवैलाई पदमुक्त गर्न मिल्दैन (पत्रसहित)

    एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ– शाही र वली दुवैलाई पदमुक्त गर्न मिल्दैन (पत्रसहित)

    अनलाइन नेपाल
  • आइतबार, ६ भाद्र २०७८
  • 2.8K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशसभा सचिवालयले एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ।

    यसअघि एमालेले प्रदेशका २ सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाएको थियो ।



    तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त गर्न नमिल्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।



    ‘सभामुखले अध्ययन गर्दा पदमुक्त गर्न नमिल्ने देखिएपछि सभामुखले पदमुक्त गर्न मिल्दैन भन्ने निर्णयको ब्यहोरा एमालेलाई पठाइएको हो’, उनले भने।

    उनका अनुसार एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ ।

    प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको उनले बताए । शाही प्रदेशसभा निर्वाचन २०७४ मा स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका थिए । उनी हाल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी भएका छन् ।

    त्यस्तै वली तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपा एमालेबाट सूर्य चुनाव चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनले नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार