Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री पदमा रहँदा सरकारी सुविधा नलिएको शंकर पोखरेलको दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता शंकर पोखरेलले आफु लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहदा धेरै सुविधाहरु नलिएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोखरेलले साढे तीन वर्ष लुम्विनी प्रदेशमा मुख्यमन्त्री रहदा आफूले सुविधा नलिएको भन्दै अहिलेका मुख्यमन्त्रीलाई सुझाव दिएका दिएका हुन् । उनले मुख्यमन्त्री रहदा सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग पनि नगरेको बताएका छन् ।

नेता पोखरेलले फेसबुकमा लेखेका छन् - 'साढे तीन वर्ष लुम्विनी प्रदेशमा मुख्यमन्त्री रहदा - प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग भएन, मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी किनिएन, औषधि उपचार खर्च राज्यकोषवाट लिइएन, वास नवसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन, उपलव्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो । यसलाई अहिलेको नेतृत्वले निरन्तरता दिन सक्दा सुशासनमा केही योगदान अवश्य पुग्नेछ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077