Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतको आह्वान - युवा संघमा आबद्ध हुनुहोस्, टिकटकमा पचास हजार भ्युअर्स आउछ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघमा आबद्ध भयो भने पाँच लाख साथी थपिने दाबी गरेका छन्।

शनिबार युवा संघद्वारा आयोजित 'वमेन सेल्फ डिफेन्स ट्रेनिङ' कार्यक्रममा बोल्दै एमाले नेता बस्नेतले भने, 'तपाईंले फेसबुकमा कुनै स्टाटस हाल्नुभयो भने दश बीस लाइक होइन, दुई चार सय लाइक हाइहाल्छ । किनभने तपाईं युवासंघको सदस्य हुनुभयो।'

यसैगरी बस्नेतले युवासंघमा आबद्ध हुन सबैमा आग्रह गर्दै भने, यदी तपाईले टिकटक बनाउनुभयो भने पहिलाको जस्तो दुई तीन सय भ्युअर्स होइन, अब चालिस पचास हजार भ्युअर्स भइहाल्छ। तपाईं त्यति लोकप्रिय संगठनमा आबद्ध हुनुभयो।'

यस्तै, एमाले सांसद समेत रहेका बस्नेतले नेता बन्न रहर लागेर माधवकुमार नेपालले नयाँ पार्टी खोलेको आरोप लगाएका छन् । पूर्व एमालेका बरिष्ठ नेता नेपालको चर्को आलोचना गर्दै नयाँ पार्टी खोलेर नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र शेरबहादुर देउवाको टाँगमुनि छिरेको आरोप लगाए ।

'हिजो राजालाई दाम चढाएर पार्टी बुझाए', नेपाललाई लक्षित गर्दै बस्नेतले थपे, 'आज प्रचण्ड र देउवालाई दाम चढाएर यो पार्टी बुझाउन खोज्दैछन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077