Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • वली र शाहीलाई पदमुक्त गर्न माग गर्दै लुम्बिनीमा एमालेद्वारा सदन अवरुद्ध

    वली र शाहीलाई पदमुक्त गर्न माग गर्दै लुम्बिनीमा एमालेद्वारा सदन अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, ३ भाद्र २०७८
  • 3K
    SHARES

    बुटवल। लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ ।

    प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएको हो ।



    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले पार्टीले कारवाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौं अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएको हो । अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।



    राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई कारवाही गरेको पार्टीको केन्द्रीय कमिटिले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ ।

    उक्त पत्र प्रदेशसभामा पढेर सुनाउन र सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार