Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कल बाइपास गिरोहको आश्वसनमा कुलमानबिरुद्द शाक्य पुगे सर्बोच्च , बुधवार पेसी

    कल बाइपास गिरोहको आश्वसनमा कुलमानबिरुद्द शाक्य पुगे सर्बोच्च , बुधवार पेसी

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्य सर्बोच्च अदालतको शरणमा पुगेका छन्।

    सोमबार पूर्व कार्यकारी निर्देशक शाक्यले आफूलाई जबरजस्ती हटाइएको भन्दै कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्वहालीका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्च गएका हुन्।



    शाक्यले आफुले राजीनामा  नदिएको, कुनै स्पष्टीकरण समेत नसोधिकन आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत आफ्नो अधिकार हनन भएको जिकिर गरेका छन् । शाक्यको रिटमाथि सुनुवाइको लागि बुधवारलाई पेसी तोकिएको छ ।



    दैनिक १८ घण्टाको लोडसेडिङबाट मुक्त गराएर जनस्तरमा हाइहाइ कमाएका  घिसिङले गत साउन २७ गते  पदबहाली गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    नेपालमा लोडसेडिङ हटाउन मात्र नभई सँधै घाटामा गइरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै घिसिङलाई पुनर्नियुक्ति गराएका थिए ।

    प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच घिसिङलाई पुनर्नियुक्ति गर्ने सहमति भएको थियो । घिसिङले आफ्नो कार्यकालमा सुरु गरेका धेरै आयोजनाहरु प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अगाडि बढाउन नसकेको र प्राधिकरण फेरि पहिलेकै अवस्थामा फर्किने जोखिम हुने ठहर गर्दै घिसिङलाई सरकारले फेरि मौका दिएको थियो । शाक्य प्राधिकरणको कार्यकारी निर्देशक बनेपछि प्राधिकरणको नाफा घटेको थियो।

    तर, सरकारले अर्को नियुक्ति दिए पनि  शाक्य भने  अबैध कल वाइपासका गिरोहको सेटिङमा सर्बोच्च अदालत पुगेका छन् ।  शाक्य अबैध कल वाइपासका गिरोह मनिन्द्र मल्लको  सल्लाहमा  सर्वोच्च  पुगेको उनी निकट स्रोत बताउँछ ।

    मल्लले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका भाई प्रभु राणामार्फत सेटिङ मिलाइदिने र अदालतले न्याय दिने आश्वासन दिएपछि शाक्यले राजी भएर सर्बोच्चमा रिट दर्ता गरेको स्रोत वताउँछ । प्रभु, मल्ल र शाक्यबीचको पटक-पटकको छलफलपछि घिसिङको नियुक्तिबिरुद्द शाक्यले रिट दर्ता गरेको स्रोतको दाबी छ ।

    मल्ल तिनै व्यक्ति हुन्, जो कुनै समय अबैध कल बाइपासमा पक्राउ परेका थिए । तिनै मल्ललाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालभरी प्राधिकरणको पैसा उठाउन खटाएको दाबी गरिएको थियो  ।  मल्लले प्राधिकरणमा हुने ठेक्का प्रक्रियामा सेटिङ मिलाउनेदेखि ओली प्रधानमन्त्री हुँदा बालुवाटारका लागि आर्थिक संकलन गर्दै आएका थिए ।

    कर्मचारीको सरुवा, फाइल कोटेशन र टेन्डरदेखि लिएर आयोजनाका पिपिएमा चलखेल गर्ने मल्ल हितेन्द्रको पद थमौती गर्न आफै क्रियाशिल भएर लागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार