Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको कटाक्ष : दुनियाँभर मादल बज्दा पनि परमादेशको सरकार ब्यूँझिएन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता गोकुल बाँस्कोटाले अफगानिस्तान घटनामा नेपालीको अवस्थालाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद बाँस्कोटाले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘अफगानिस्तानमा २० वर्षपछि इतिहास दोहोरिएको छ । दुनियाँ चकित छ, त्रसित छ, किंकर्तव्यविमूढ छ,’ बाँस्कोटाले भने, ‘विदेशी नागरिकहरु, त्यहाँ रहेका नेपालीहरु त्रस्त छन् ।’

यस्तै, उनले ‘परमादेश सरकार’ दुनियाँ भर मादल बज्दा पनि नब्यूँझिएको आरोप लगाउदै भने, ‘संकटमा परेका नेपालीले आफ्नो देश छ, आफ्नो देशमा सरकार छ भन्ने त्यहाँ रहेका नेपालीले थाहा पाएनन्,’ उनले भने, उनले भने, ‘सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् ।’

बाँस्कोटाले अफगानिस्तान घटना प्रकरणलाई संसदमा उठाएपछि सांसद सभामुख अग्निप्रसाद सापकोटाले त्यसबारे जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन्।

बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले उक्त निर्देशन दिएका हुन् ।

सभामुख सापकोटाले भने, ‘माननीयज्यूले उठाउनुभएकोे विषयवस्तुप्रति संसद्को गम्भीर ध्यानाकर्षण भएको छ, सरकारलाई जतिसक्दो छिटो उक्त विषयमा संसद्लाई जानकारी दिन निर्देशन गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077