Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जो बाइडेनको राजीनामा माग्दै ट्रम्पले भने– ‘म राष्ट्रपति भइदिएको भए...’

बीबीसी हिन्दी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हालका राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन्। अफगानिस्तानको वर्तमान अवस्थापछि चौतर्फी आलोचनाले घेरिएका राष्ट्रपति जो बाइनलनई तत्काल पदबाट राजीनामा दिन भनेका हुन्।

‘अगफानिस्तानमा उनले जेको अनुमति दिए त्यस अपमानका लागि राजीनामा दिनुपर्छ,’ ट्रम्पले भने। यसका साथै उनले आफू राष्ट्रपति भइदिएको भए अफगानि सरकार–तालिबान युद्धबाट अमेरिकाको बहिर्गमन धेरै फरक र धेरै सफल हुने दाबी पनि गरे।

तर बाइडेन प्रशासनले जवाफ फकाउँदै अमेरिका–तालिबान सम्झौता सम्झौता ट्रम्पकै कार्यकालमा भएको बताएको छ। यद्यपी, त्यहाँबाट निस्कनका लागि सम्झौताको छोटो जानकारी बाइडेन प्रशासनलाई छाडिएको थियो।

बीबीसीका उत्तर अमेरिकी सम्पादक जोन सोपेलले केही समयअघि लेखेका थिए– ‘नीति डोनाल्ड ट्रम्पद्वारा बनाइएको थियो तर यो अराजकताको जिम्मेवार जो बाइडेन नै हुन्।’

तालिबानले तीव्रगतिमा अगफानिस्तान कब्जा गरेको छ त्यसका लागि बाइडेनको आलोचना भइरहेको छ। प्रशासनका अधिकारीहरुले अफगानिस्तानको सुरक्षा बलको क्षमतालाई बढी मूल्यांकन गरेकाे स्वीकार गरेका छन्।

अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले सीएनएन न्यूजलाई भने, ‘हामीले जे अनुमान गरेका थियौं त्योभन्दा पहिले नै तहसनहस भयो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077