Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । बिहीबारदेखि शुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार पनि बस्दैछ। शनिबारको बैठक दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको निजि निवास बूढानिलकण्ठमा बस्दैछ।

आजको बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने एजेण्डाहरु हरेका छन्।

पूर्व निर्धारित समयमा पार्टीको १४ औं महाधिवेशन हुन नसकने भएपछि नयाँ मितिमा सहमति गर्ने प्रयास भइरहेको छ। बैठकले आज नयाँ कार्यतालिका पारित गर्न सक्ने सम्भावना पनि रहेको एक नेताले जानकारी दिएका छन्।

कतिपय नेताहरुले महाधिवेशन नसार्न चेतावनी पनि दिइरहेका छन्। तर, शीर्ष नेताहरु महाधिवेशन सार्न समहत भइसकेका छन्। संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ।

संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन्। तर, इत्तर पक्षले भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि नै सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन भनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077