Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि महेश बस्नेतको गम्भीर प्रश्न - माफियासँग मिल्नुभएको हो ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठमाथि गम्भीर प्रश्न गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा मन्त्री श्रेष्ठले सरकारको स्वास्थ्य तथा जनसंख्या क्षेत्रको आगामी कार्ययोजना र व्यवस्थापनको बारेमा जानकारी गराएसँगै सांसद बस्नेतले स्वास्थ्य माफियासँग मिलेको हो ? भन्दै गम्भीर प्रश्न गरे।

सरकारले नयाँ नयाँ मेडिकल कलेज खोल्नुपर्ने समयमा विगतको सरकारले दिएको सम्बन्धनलाई समेत खारेज गर्ने योजना बनाएकोमा आक्रोशित बनेका सांसद बस्नेतले मन्त्री श्रेष्ठलाई स्वास्थ्य माफियासँग मिल्नुभएको हो कि ? भनि प्रश्न गरे ।

‘अहिले ११ हजार विद्यार्थीले एमविविएस पढ्न चाहेका छन्, १८ सय २५ भन्दा हाम्रो क्षमता छैन । ९ हजार विद्यार्थी विदेश जान बाध्य छन् । जसबाट ९० अअर्वभन्दा बढी रकम विदेश जाँदैछ, पूर्वमन्त्री समेत रहेका बस्नेतले भने, 'यो बारेमा तपाईले विगतमा मेडिकल कलेजलाई दिएका सम्बन्धनहरुलाई क्यान्सील गर्ने भन्दै हुनुहुन्छ । नयाँ नयाँ मेडिकल कलेज खोल्नुपर्ने होइन र ? तपाई स्वास्थ्य माफियासँग मिल्नुभएको हो कि ?’

यस्तै, सांसद बस्नेतले खोपका लागि मन्त्री श्रेष्ठले कांग्रेसको लेटरप्याडमा तोक लगाई धुनकुटा पठाएकोमा मन्त्रीको नैतिकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दैै भने, ‘पछिल्ला बेलामा धनकुटाबाट कांग्रेसको लेटरप्याडमा तपाई स्वंयले तोक लगाएर पठाउनुभएको छ, यसको बारेमा तपाईसँग नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077