Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्राधिकरणमा कुलमान : ‘राम्रो काम गर्दा ढिलै भएपनि पुरस्कार मिल्छ’

काठमाडौँ । दैनिक १८ घण्टाको लोडसेडिङबाट मुक्त गराएर जनस्तरमा हाइहाइ कमाएका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आज पुनः प्राधिकरणमै पदबहाली गरेका छन्।

घिसिङ प्राधिकरणमा दोस्रोपटक नियुक्त भएपछि सर्वसाधारणदेखि कलाकारहरुसम्मले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै उनलाई बधाई र शुभकामना व्यक्त गरिरहेका छन् ।

यसै विषयमा कलाकार दीपकराज गिरीले कुलमानको पुनः नियुक्तिको बिषयमा खुसी ब्यक्त गर्दै कुलमानको नियुक्ति जनप्रिय भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पुनः नियुक्तिबाट कुलमानलाई ढिलै भएपनि राम्रो कामको पुरस्कार मिलेको टिप्पणी गरेका छन्।

कलाकार गिरीले स्वतन्त्र नागरिकको हैसियतले आफुले सरकारको नराम्रो कामको आलोचना र राम्रो कामको तारिफ आफुले गर्ने गरेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077