Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • विद्युत प्राधिकरणमा कुलमानको नियुक्ति : अफवाह कि वास्तविकता ?

    विद्युत प्राधिकरणमा कुलमानको नियुक्ति : अफवाह कि वास्तविकता ?

    अनलाइन नेपाल
  • मंगलबार, २६ साउन २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । केही दिनअघि ऊर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिन्। पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनरागमन गराउन उनले शाक्यलाई राजीनामा दिन भनेकी हुन्।

    यस समाचारले सामाजिक सञ्जाल राम्रैसँग तात्यो। धेरैले सरकारको जनप्रिय निर्णय भनी स्वागत गरे। सोमबार बसेको मन्त्रिपरिषद बैठकमा कुलमानको नियुक्तिबारे निर्णय हुने अपेक्षा गरिएको थियो तर त्यसो भएन। तर मंगलबार पनि विभिन्न सत्तचारमाध्यममा कुलमान नियुक्त भएको खबरहरु आए।



    बालुवाटार स्रोतका अनुसा घिसिङको नियुक्ति पक्का भए पनि उनले औपचारिक पत्र भने दिइएको छैन। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने सहमति भने भएको दाबी गरिएको छ।



    बालुवाटार स्रोतले कुलमानलाई नियुक्ति दिने सहमति भए पनि यसले औपचारिकता भने पाइनसकेको जानकारी दियो। केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई प्राधिकरणमा ल्याउने तयारी थाल्न उर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका थिए।

    प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री भुसालले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी थिइन्। सोही प्रस्ताव अनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने सहमति भएको हो।

    प्राधिकरणका अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाउन सरकारले तयारी गरे पनि यसले औपचारिकता नपाउँदा प्राधिकरणमा कुलमानलाई नियुक्ति दिन ढिलाइ भएको स्रोतले जानकारी दिएको छ।

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पदावधि नथप्दा उनी प्राधिकरणबाट बाहिरिएका थिए। त्यसको केही समयपछि हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार